बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

डोटीमा जीप दुर्घटना : १२ घाइते, दुईको अवस्था गम्भीर

डोटीमा जीप दुर्घटना : १२ घाइते, दुईको अवस्था गम्भीर

मेगा खबर संवाददाता

२६, भाद्र २०७७
  • 3.7K
    SHARES

  • डोटीमा जीप दुर्घटना : १२ घाइते, दुईको अवस्था गम्भीर

    डोटी। जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ शान्तिनगरमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन । दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका अछामको मल्लेक गाउँपालिकाका स्थानीयवासी चढेको से १ ज १०६६ नंको जीप आज बिहान दुर्घटना भएको हो । 

    प्रहरीका अनुसार मल्लेक–६ सोडसाका ४८ वर्षीय दानसिंह टमटा र सोही गाउँपालिका नुवाघरका ३४ वर्षीया कमला खड्काको अवस्था गम्भीर रहेको छ । घाइतेको ढाड र टाउकोमा गम्भीर चोट लागेकाले थप उपचारका लागि कैलाली पठाउने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

    जीप सडकदेखि करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकालाई अहिले उपचारका लागि जिल्ला अस्पताल डोटीमा पठाइएको प्रहरी निरीक्षक बोहराले बताए । चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने घटनास्थलमा खटिएको प्रहरी टोलीको प्रारम्भिक अनुमान छ ।

    शुक्रवार, भाद्र २६ २०७७०९:१२:४४

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार