कैलाली । धनगढी उपमहानगरपालिका–४ मा रहेको शिवपुरी सामुदायिक वनमा बिहीबार घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रको स्थापना गरिएको छ ।
नगरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कँडेलले संयुक्तरूपमा उदघाटन गरे।
उपमहानगरपालिका र डिभिजन वन कार्यालय धनगढीको सहयोगमा उक्त आरक्षण केन्द्रको स्थापना गरिएको बताइएको छ । नगरप्रमुख वडले शिवपुरी धाममा पर्यटक भित्र्याउनका लागि त्यस नजिकै ‘मिनी जु’ स्थापना गरिएको बताए । “घाइते तथा टुहुरा वन्यजन्तु आरक्षण केन्द्रमा अहिले एउटा रतुवा र एउटा चित्तललाई राखिएको छ”, उनले भने, “यहाँ जनावरको सङ्ख्या थप गर्दै लगिने छ ।”
आरक्षण केन्द्रमा घाइते तथा टुहुरा वन्यजन्तुको उपचार गर्ने, संरक्षण गर्ने काम पनि गरिने तथा वन्यजन्तु हेर्न आउनेका लागि यो ठाउँ खुला गरिने बताइएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।