बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

रविका समर्थकले जलाए कान्तिपुर पत्रिका

रविका समर्थकले जलाए कान्तिपुर पत्रिका

  • 1.5K
    SHARES

  • रविका समर्थकले जलाए कान्तिपुर पत्रिका

    काठमाडाैँ, माघ २३

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका समर्थकहरूले साेमबार कैलालीमा कान्तिपुर दैनिक पत्रिका जलाएका छन् ।

    कैलालीकाे घोडाघोडी नगरपालिकास्थित सुखड बजारमा आज बिहान केही युवाहरूले कान्तिपुरकाे विराेध स्वरुप पत्रिका जलाएका हुन् । कान्तिपुरले लामिछानेविरुद्ध समाचार लेख्दै आएको भन्दै उनीहरूले साे पत्रिका जलाएकाे बताएका छन् । आइतबार पत्रकार सम्मेलनमार्फत लामिछानेले नेपाली मिडियामाथि असन्तुष्टि जनाएका थिए ।

    मिडियाले आफूमाथि गलत भूमिका खेलेको दाबी गर्दै रविले मिडिया र त्यसका सम्पादकहरूकाे नामै किटान गरी त्यसको विरोध गरेका थिए । उनले केही मिडियाको विरोध गरेकै कारण उनका समर्थकले पत्रिका जलाएका हुन् । आज कैलालीमा जलाइएकाे पत्रिका कान्तिपुरद्वारा प्रकाशित आजकाे संस्करण भने हाेइन ।

    कान्तिपुरले आजकाे संस्करणमा ‘रविले देखाए वास्तविक छवि’ हेढलाइनमा समाचार लेखेकाे छ । जसमा मिडियाले रविलाई गरेका सबै प्रश्नहरू राख्दै ती प्रश्न तथ्यपरक भएकाे जनाएकाे छ । नेपाल पत्रकार महासङ्घ कैलालीले पत्रिका जलाएको प्रति आपत्ति जनाएको छ । 

    सोमवार, माघ २३ २०७९१२:४१:२०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार