शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

अधिकमासमा लाग्ने मच्छेनारायण मेला स्थगित

अधिकमासमा लाग्ने मच्छेनारायण मेला स्थगित

मेगा खबर संवाददाता

२६, भाद्र २०७७
  • 1.4K
    SHARES

  • अधिकमासमा लाग्ने मच्छेनारायण मेला स्थगित

    काठमाडौं। अधिकमास परेका बेला चन्द्रागिरि नगरपालिका–९ स्थित मच्छेनारायणमा लाग्ने स्नान मेला यस वर्ष कोरोना भाइरसको महामारीका कारण स्थगन गरिएको छ । 

    यस वर्ष असोज २ गतेदेखि असोज मसान्तसम्म अधिकमास अर्थात मलमास परेको छ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलँदै गएकाले त्यसबाट बच्न जारी निषेधाज्ञाका कारण हजारौँ मानिसको भीड हुने मच्छेनारायण मेला स्थगन गरिएको नगर प्रमुख घनश्याम गिरीले राससलाई जानकारी दिए ।  

    पुरुषोत्तम माससमेत भनिने अधिकमास परेका बेला मच्छेनारायण गई स्नान गरी मालपुवा दान गरेमा भगवान् नारायण खुसी हुने धार्मिक विश्वास छ । एक महिनामा लाखौँ भक्तजनको भीड लाग्ने मेलाका कारण कोरोना फैलन सक्ने भयले मेला स्थगन गरिएको नगरपालिकाले जनाएको छ ।

    कोरोनाका कारण यस वर्ष इन्द्रजात्रासमेत क्षमापूजा गरेर मनाइएको थियो । रातो मच्छेन्दनाथको रथयात्रा ढिला गरी साङ्केतिक रूपमा गरिए पनि भोटो नदेखाई जात्रा समापन गर्ने तयारी सरोकार भएका निकायले गरेका छन ।
     
    अधिकमासका बेला मच्छेनारायण क्षेत्रमा २० सौँ लाख धार्मिक पर्यटक मच्छेनारायणको पूजा आराधनाका लागि जाने गर्थे । मच्छेनारायण मेला स्थगन गरिए पनि अधिकमासका बेला त्यहाँको नारायण मन्दिरमा पुरुषोत्तम भगवान्लाई गरिने विशेष पूजा आराधना भने यथावत रहेको नगरपालिकाले जनाएको छ ।

     भगवान् विष्णुका दश अवतारमध्ये पहिलो मत्स्य अवतार यहीँको कुण्डमा भएको विभिन्न धार्मिक किताबमा उल्लेख गरिएको छ । मत्स्यनारायणका रूपमा भगवान्ले पहिलो अवतार लिएको स्थान भए पनि यहाँको विकासमा सरकारले ध्यान नदिएको स्थानीयवासी राम श्रेष्ठले बताए ।

    शुक्रवार, भाद्र २६ २०७७०८:३८:३५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार