बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

मापसे गरेर गाडी चलाउँछन् चालक

मापसे गरेर गाडी चलाउँछन् चालक

युर्बसि पाैड्याल

२२, माघ २०७९
  • 1.2K
    SHARES

  • मापसे गरेर गाडी चलाउँछन् चालक

    काठमाडौं, माघ २२

    मापसे सेवन गरेर गाडी चलाउने चालकहरू दैनिकजसो प्रहरीको कारबारीमा परिरकेका छन् । लागुऔषध सेवन गरेर सवारीसाधन सञ्चालन गर्ने चालक फेला पर्न थालेका छन् ।

    यसरी लापसे गरेर सवारी चलाउने चालक फेला परेसँगै यातायातमा गम्भीर लापरवाही बढ्दै गएको पुष्टि हुन्छ । पछिल्लो समयमा लागुऔषध सेवन (लापसे) गरेर पनि गाडी चलाउने चालक फेला परिरहेका छन् ।

    काठमाडौँ उपत्यकामा स्कुल बसका चालकदेखि विद्यार्थी लापसे र मापसे गरेर गाडी चलाएको फेला परेपछि त्यसविरुद्ध काठमाडौँ प्रहरी आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ । त्यसैले अहिले जाँच अभियानलाई तीव्रता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

    सोही अभियानका क्रममा आज काठमाडौँको ठमेललगायतका क्षेत्रमा नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी वृत्त लैनचौरले संयुक्त जाँच अभियान सञ्चालन गरेको थियो ।

    उक्त अभियानमा लागुऔषध सेवन गरी सवारी चलाउने तीन जना चालक फेला परे । भट्टका अनुसार बागमती प्रदेश ०२–०२६प ८९६० नंको मोटरसाइकल चालक नुवाकोट घर भई नेपालटार बस्ने ३५ वर्षीय रवीन्द्र आचार्य, रा ७ प ९३१ नंको स्कुटर चालक सल्यान घर भई सुकेधारा बस्ने २२ वर्षीय इसान खड्का र बागमती प्रदेश ०२–०१६ प ०७७८ नंको मोटरसाइकल चालक इलाम घर भई बौद्ध बस्ने २६ वर्षीय विवेक प्रधानलाई पक्राउ गरिएको छ । 

    नियन्त्रणमा आएका सबै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर सोह्रखुट्टे पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए ।

     

    आइतवार, माघ २२ २०७९११:३७:४७
    सम्बन्धित समाचार