काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाउने गरी काम गर्न समाजकल्याण परिषद्का कर्मचारीलाई निर्देशन दिएका छन् ।
ललितपुरस्थित परिषद्को केन्द्रीय कार्यालयमा आयोजित वरिष्ठ कामु निर्देशक शिवकुमार बस्नेतको बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजसेवा र मानव सेवा जस्तो उत्कृष्ट कामलाई बदनाम गराउने गतिविधि हुन नदिन परिषद्का कर्मचारीलाई सचेत गराए ।
सामाजिक क्षेत्रको कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउन ‘सामाजिक उद्यमशीलता कोष’ स्थापना गर्ने योजनालाई अघि बढाएको जानकारी दिँदै परिषद्का अध्यक्ष गुरुङले सामाजिक सङ्घसंस्थालाई आत्मनिर्भर बनाउँदै अघि बढाउन सो कोषले आधार तय गर्ने बताए ।
सो अवसरमा परिषद्का उपाध्यक्ष डा पदमप्रसाद खतिवडाले सामाजिक उद्यमीलताका माध्यमबाट सामाजिक क्षेत्रका कामलाई राष्ट्रिय गौरवको आयोजना बनाउने गरी आवश्यक निर्देशिका, कार्यविधि संशोधन र परिमार्जन गर्ने कामलाई अघि बढाइएको जानकारी दिए । परिषद्का सदस्य सचिव पुष्कर खातीले परिषद्को कामलाई परिणामुखी बनाउन र सुशासन कायम गर्न योजना तय गरिएको बताउनुभयो । सो अवसरमा परिषद्को वेबसाइट पनि शुभारम्भ गरिएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।