बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध

सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध

युर्बसि पाैड्याल

१८, माघ २०७९
  • 1.5K
    SHARES

  • सिंहदरबार पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध

    काठमाडाैँ, माघ १८

    सिंहदरबारको पूर्वी गेट अगाडि ढल फुटेर दुर्गन्ध फैलिएको छ । ढल फुटेर सडकको आधा भाग ओगट्दा यस रुटमा चल्ने यातायातमा अवरोध सिर्जना भएको हो ।

    ढलका कारण सडक हिलाम्मे भएको छ भने पैदल यात्री र सवारीसाधन चालकहरुले सास्ती व्यहोर्नु परेको छ । सिंहदरबार पूर्वी गेटमा हिजो दिउँसोदेखि ढल फुटेर सडकमा दुर्गन्ध फैलिँदा सरकार बेखबर रहेको छ । 

    हालसम्म सरकारले पूर्वी गेट क्षेत्रमा फुटेको ढलको व्यवस्थापनका लागि कुनै पहल गरेको छैन । पूर्वी गेट वरपरका स्थानीयहरू ढलको दुर्गन्धका कारण समस्यामा परेका छन् ।

     

    बुधवार, माघ १८ २०७९०२:००:२०
    सम्बन्धित समाचार