बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

काठमाडौं महानगरविरुद्ध जथाभावी डोजर आतंक मच्चाएको भन्दै महानगरबासी आन्दोलित

काठमाडौं महानगरविरुद्ध जथाभावी डोजर आतंक मच्चाएको भन्दै महानगरबासी आन्दोलित

युर्बसि पाैड्याल

१५, माघ २०७९
  • 1.6K
    SHARES

  • काठमाडौं महानगरविरुद्ध जथाभावी डोजर आतंक मच्चाएको भन्दै महानगरबासी आन्दोलित

    काठमाडौँ,  माघ  १५ 

    काठमाडौं महानगरपालिकाले जथाभावी डोजर आतंक मच्चाएको भन्दै महानगरबासी आन्दोलित भएका छन् ।

    काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले आज माइतीघरमा भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा समेत डोजर चलाएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

    प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर,सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका समेत थिए । 

    प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका छन् ।

    आइतवार, माघ १५ २०७९०३:४५:५४
    सम्बन्धित समाचार