बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

स्वयम्भुमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

स्वयम्भुमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

युर्बसि पाैड्याल

१५, माघ २०७९
  • 1.1K
    SHARES

  • स्वयम्भुमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु

    काठमाडौं, माघ १५

    काठमाडौंको स्वयम्भुमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

    काठमाडौं महानगरपालिका-१५ स्वयम्भु चौमतिमा हिजो राति प्रदेश ३-०१-००३ क ७५१२ नम्बरको ट्यांकरले बा .८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

    ठक्करबाट स्कुटर चालक सोही महानगरपालिका-२४ बस्ने ५५ वर्षीय नरेन्द्र मुनि बज्राचार्यको मृत्यु भएको छ ।ठक्करबाट गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भुमा उपचारको क्रममा मृत्यु भएको हो ।

     

    आइतवार, माघ १५ २०७९१२:३९:२८
    सम्बन्धित समाचार