बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

घुस लिएर कार्यालयबाट निस्किने क्रममा इन्जिनियर अख्तियारको नियन्त्रणमा

घुस लिएर कार्यालयबाट निस्किने क्रममा इन्जिनियर अख्तियारको नियन्त्रणमा

युर्बसि पाैड्याल

१३, माघ २०७९
  • 1.1K
    SHARES

  • घुस लिएर कार्यालयबाट निस्किने क्रममा इन्जिनियर अख्तियारको नियन्त्रणमा

    काठमाडौँ,माघ १२ गते

    खाद्य प्रविधि विभागका इन्जिनियरलाई अख्तियारले नियन्त्रणमा लिएको छ । आठौं तहमा कार्यरत इन्जिनियर योगन्द्र ढुंगेललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता (सह–सचिव) श्यामप्रसाद भण्डारीले मेगाखबरलाई जानकारि दिए ।

    विभागको मुख्य कार्यालय बबरमहलमा कार्यरत ढुंगेलले मिनरल वाटर उत्पादन गर्ने कम्पनीका लागि अनुज्ञा पत्र लिन गएका व्यवसायीसँग घुस मागेका थिए । घुस लिएर कार्यालयबाट निस्किने क्रममा उनि पक्राउ परेका हुन् । 

    झापाको घर भएका ढुंगेल भक्तपुरको बालकोटस्थित बस्दै आएका थिए । आरोपीबारेमा अनुसन्धान भइरहेको सह–सचिव भण्डारीले बताए ।

     

    शुक्रवार, माघ १३ २०७९०६:५९:३७
    सम्बन्धित समाचार