बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

नेपालमा संक्रमितकाे संख्या ५० हजार नाघ्यो, २४ घण्टामा १२ सय ४६ जना थपिए 

नेपालमा संक्रमितकाे संख्या ५० हजार नाघ्यो, २४ घण्टामा १२ सय ४६ जना थपिए 

मेगा खबर संवाददाता

२५, भाद्र २०७७
  • 1.6K
    SHARES

  • नेपालमा संक्रमितकाे संख्या ५० हजार नाघ्यो, २४ घण्टामा १२ सय ४६ जना थपिए 

    काठमाडौं। नेपालमा कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या ५० नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ ।

     पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् ।

    यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ  । 

    यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ ।  

    बिहिवार, भाद्र २५ २०७७०४:४४:०३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार