काठमाडौं,माघ ९ गते
काठमाडौंको बुढानिलकण्ठ चुनिखेलमा बसको ठक्करबाट बालिकाको मृत्यु भएको छ ।
बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलमा बस ठक्करले ३ वर्षीया नाबालिकालाई ठक्कर दिएको छ । बा २ ख ६००६ नम्बरको संयुक्त यातायात बसले सोही स्थानमा बस्ने ३ वर्षीया नाबालिकालाई ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
खोटाङ हलेसी तुवाचुङ गाउँपालिका वडा नं ५ घर भई हाल बुढानिलकण्ठ तल्लो भंगालमा डेरा गरी बस्ने २५ वर्षीय देलिन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । नाबालिकालाई दुर्घटनापछि प्रहरीले तत्काल करूणा अस्पताल लगेको थियो । त्यहाँ उपचारको क्रममा नाबालिकाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौं, नगर प्रहरी कार्यालय,प्रहरी वृत्तहरू महाराजगञ्ज, बौद्ध,गौशाला र प्रहरी प्रभाग बुढानिलकण्ठ,कपनबाट प्रहरी परिचालन गराइएको छ ।