बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

हुलाकी राजमार्ग अन्तर्गतको कञ्चनपुर क्षेत्रमा भारतीय अवरोध कायमै 

हुलाकी राजमार्ग अन्तर्गतको कञ्चनपुर क्षेत्रमा भारतीय अवरोध कायमै 

मेगा खबर संवाददाता

२५, भाद्र २०७७
  • 2.4K
    SHARES

  • हुलाकी राजमार्ग अन्तर्गतको कञ्चनपुर क्षेत्रमा भारतीय अवरोध कायमै 

    कञ्चनपुर। हुलाकी सडकको कञ्चनपुर खण्डमा भारतीय पक्षले गरेको अवरोध कायमै रहेको छ । निर्माणाधिन हुलाकी सडकको क्षेत्र आफ्नो भूभाग भएको भन्दै भारतीय पक्षले विरोध गरेपछि उत्पन्न समस्या समाधान हुन नसकेको हो ।

    बेलौरी क्षेत्रमा पर्ने १२ सय मिटरमा विवाद देखिएको कायमै छ । विगतको नक्सामा पनि क्षेत्र नेपालमै देखिएको र ग्रावेल सडक समेत निर्माण गरिएका कारण हुलाकी सडकको पनि डिपिआर तयार पारेर काम गर्न सुरु गरेको आयोजना कार्यालयका सूचना अधिकारी पदम बहादुर मडैले बताए ।

    भारतीय पक्षले बेलौरी क्षेत्रमा सडक निर्माण गर्दा पटक पटक अवरोध सिर्जना गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले तत्काल सो क्षेत्रमा काम नगर्न निर्देशन दिएको मडैले बताए । उनका अनुसार अहिले त्यस विषयमा कुनै पनि जानकारी नआउँदा सो क्षेत्रमा काम पनि ठप्प छ ।  

    कञ्चनपुरका तत्कालीन प्रमुख जिल्ला जिल्ला अधिकारी नूरहरी खतिवडाले सो विवाद दुई देशको उच्च स्तरिय टोलीले अध्ययन गरेर समाधान गर्नुपर्ने भएका कारण तत्काल काम नगर्न निर्देशन दिएका थिए । अहिले उनको सरुवा भईसकेको छ । तर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सूचना अधिकारी कृष्णानन्द जोशीले अब नयाँ प्रमुख जिल्ला अधिकारीसँग सो विषयमा छलफल हुने बताए । 

    हुलाकी सडकमा भारतीय पक्षले अवरोध गरेपछि आयोजना कार्यालयले समेत सडक विभाग लगायत जिल्ला प्रशासनसंगै अन्य सरोकारवाला निकायलाई मौखिक तथा लिखित रुपमा नै जानकारी गराएको थियो ।

    १२ सय मिटर क्षेत्रफलमा सडक निर्माणको काम ठप्प रहेपनि विवाद समाधानमा सम्बन्धित निकायले वेवास्ता गरिरहेका छन् । बेलौरीसंगै हुलाकी सडककै अन्य क्षेत्रमा समेत विभिन्न समस्याहरु देखा परेका छन् । यसले सडक निर्माणमा बाधा पुगिरहेको छ ।

    बिहिवार, भाद्र २५ २०७७१०:०९:१५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार