काठमाडाैँ, पुस २६
गृह मन्त्रालयले पृथ्वी जयन्तीका अवसरमा भोलि सार्वजनिक बिदा दिने सूचना निकालेको छ ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार मन्त्रालयले सार्वजनिक बिदाको सूचना निकालेको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा मन्त्रिपरिषद्को निर्णय अनुसार सार्वजनिक बिदाको सूचना समेत निकालिएको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।