शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

नेपाली किशोरीलाई भारत लगिरहेका ६ युवक पक्राउ

नेपाली किशोरीलाई भारत लगिरहेका ६ युवक पक्राउ

मेगा खबर संवाददाता

२५, भाद्र २०७७
  • 1.1K
    SHARES

  • नेपाली किशोरीलाई भारत लगिरहेका ६ युवक पक्राउ

    रौतहट । ललाइफकाई मध्यराति नेपाली एक किशोरीलाई भारततर्फ लगिरहेका ६ युवकलाई सीमावर्ती क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रहरीचौकी नरकटियाका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका –७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो ।

    बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा  एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा शङ्का लागेर जाँच गर्दा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका– ५ की यादव थरकी  १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका– ८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं  ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र  २२ वर्षीय रामबालक पटेल रहेको प्रहरी उपरीक्षक  सिद्धिविक्रम शाहले जानकारी दिए  ।
    सातै जना जिल्ला प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारेमा छानबिन भइरहेको प्रहरीले बताइएको छ । 

    बिहिवार, भाद्र २५ २०७७०९:४३:३३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार