काठमाडौं। काठमाडौं उपत्यकामा भोलि बिहीबारदेखि भने पसल व्यवसाय खुल्ने भएको छ भने सार्वजनिक तथा निजी सवारी साधन पनि चल्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले तीन हप्तासम्म लामो जारी निषेधाज्ञा खुकुलो बनाउँदै नयाँ आदेश जारी गरेका हुन् ।
कोरोना संक्रमण बढेसँगै उपत्यकामा ४ भदौबाट निषेधाज्ञा जारी गरिएको थियो । सुरुको दुई साता कडा गरिएको निषेधाज्ञाको तेस्रो साता भने निश्चित समय तोकेर निर्माण सामाग्री ढुवानी तथा बिक्री वितरण खुला गरिएको थियो ।
सवारीमा जोर विजोर
उपत्यकामा बिहीबारदेखि जोर विजोर प्रणालीका आधारमा सवारी साधन सञ्चालनमा आउने भएको छ । अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्न पाइनेछ ।
निजी सवारी साधनहरु जोरविजोरका आधारमा सबै चल्नेछन् । तर मोटरसाइकल तथा स्कुटरमा पनि भौतिक दुरी र स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्नेछ ।
सार्वजनिक यातायातको हकमा १६ सिट भन्दा बढी क्षमताका मात्र चल्न पाउनेछन् । यसरी चलेको सवारी साधनमा कुल सिट क्षमताका आधा नबढ्ने गरी एक लहरमा एक जना मात्र यात्रु राख्नुपर्नेछ भने यात्रुलाई मास्क अनिवार्य गरिएको छ ।
चालक र सहचालकले मास्क र पञ्जा अनिवार्य लगाउनुपर्छ । सवारी साधनको ढोकामा स्यानिटाइजर हुनुपर्छ भने दैनिक रुपमा निसंक्रमित पनि गर्नुपर्छ ।
यस्तै भाडाका ट्याक्सीमा चालकसहित ३ जना र परिवारभित्रका ५ वर्षमुनिका बालबालिका २ जनासम्म राखेर चलाउन पाइनेछ ।
मालबाहक सवारी साधनमा भने जोर विजोर प्रणाली लागू नहुने निषेधाज्ञा आदेशमा उल्लेख छ ।
के–के खोल्न पाइँदैन ?
प्रशासन कार्यालयका अनुसार उपत्यकमा अझै खुला स्थानमा भेला हुन, भीड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव र भोजभतेर गर्न प्रतिबन्ध गरेको छ ।
त्यस्तै धार्मिक, साँस्कृतिक स्थलमा दैनिक नित्य पूजाबाहेक अरु गतिविधि गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, शैलुन, ब्युटीपार्लर, स्पा, स्वीमिङ पुल, जिमखाना, समूहमा खेलिने खेलकुद र खेल प्रंस्तुति, प्रदर्शनी, पुस्तकालय, संग्रहालय, चिडियाखाना पनि सञ्चालन गर्न पाइँदैन ।
उद्योग, ब्यापार, निर्माण कार्यमा स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत कामदार ओसार पसार गर्न प्रतिबन्ध लगाइएको छ ।
गर्नसमेत जान नदिई घरभित्रै सीमित गर्दा कमाइ खाने वर्ग भोकभोकै पर्ने स्थिति आएको भन्दै विरोध हुँदै आएको थियो ।
उद्योगी व्यापारीले पनि स्वास्थ्य सावधानी अपनाएर व्यवसाय खोल्न नदिए अर्थतन्त्र जटिल मोडमा पुग्ने भन्दै निषेधाज्ञामा पुनर्विचार गर्न आग्रह गर्दै आएका थिए ।



मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।