काठमाडाैँ,पुस २१
जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘टाइम कार्ड’ लागु गरिएको छ । आजबाट जिल्ला प्रशासन कार्यालयले दिने १० प्रकारका सेवामा टाइम कार्ड लागु गरिएको काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायले जानकारि दिए ।
आवश्यक कागजात पुगेको अवस्थामा १ घण्टाभित्र सेवाग्राहीले नागरिकता पाउने भएका छन् । नाबालकको प्रमाणपत्र १ घण्टामा र छापिएर आएको राष्ट्रिय परिचयपत्र ३० मिनेटमा पाउन सकिन्छ । फोटो खिचेपछि विभागले छापेर पठाएको राष्ट्रिय परिचय पत्र जिल्ला प्रशासनबाट नै वितरण गर्न थालिएको छ । सिफारिस सम्बन्धी काम १ घण्टाभित्र दिने गरी समय निर्धारण गरिएको छ ।
कुन सेवालाई कत्ति सयमभित्र दिइसक्ने भनेर कागजातका आधारमा ‘टाइम कार्ड’ लागु गरिएको छ । कागजात पुगेको वा नपुगेको चेक गरेर टाइम कार्ड दिइने प्रजिअ उपाध्यायले बताए । उनले भने,कागजात पुगेको अवस्थामा ३० मिनेटमा सेवा दिने गरी टाइम कार्ड लागु गरेका छौँ ।
मुद्दाको पेशी र तारेख ३० मिनेट भित्र सक्ने नीति लागु गरिएको छ । प्रमुख जिल्ला अधिकारीले हेर्ने मुद्दा ६० दिनभित्र फैसला गर्ने लक्ष्य राखेर काठमाडौँ जिल्ला प्रशासनले आफ्नो सेवामा परिमार्जन गरेको छ ।
हिजो बाहेक दैनिक ३ बजेदेखि ४ बजेसम्म प्रमुख जिल्ला अधिकारीले जिल्लाभित्रको सेवा प्रवाह र जिल्ला प्रशासनको गुनासो सुन्ने भएका छन् । ६५ वर्षामाथिका ज्येष्ठ नागरिक,अशक्त नागरिक र दुधे बच्चा सहितको महिलालाई लाइनमा नराख्ने निर्णय गरिएको छ । ७५ वर्षमाथिका नागरिकलाई सहयोगी लगाएर सेवा दिन सुरु गरिएको छ ।
टाइम कार्ड लागु गर्ने निर्णयसँगै आज गृहमन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुगमन समेत गरेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।