बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

उपत्यकामा ४६४ सहित थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि

उपत्यकामा ४६४ सहित थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि

मेगा खबर संवाददाता

२४, भाद्र २०७७
  • 1.3K
    SHARES

  • उपत्यकामा ४६४ सहित थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं। बुधबार काठमाडौं उपत्यकामा ४६४ जना कोरोना संक्रमित थपिएका छन् ।  पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा संक्रमण पुष्टि भएको  नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  जानकारी दिए ।

    उनले हालसम्म संक्रमितको कुल संख्या ४९हजार २१९ पुगेको पनि जानकारी दिए ।  यस्तै बितेको २४ घण्टामा ९सय १८ जना संक्रमण मुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८सय ८२ पुगेको छ ।   जसमा काठमाडौंका ३सय ९४, ललितपुरका ४३ र भक्तपुरका ३६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ । 
     यस्तै बितेको २४ घण्टामा ९१८ जना संक्रमण मुक्त भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ३३ हजार ८८२ पुगेको छ ।  

    यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९८८ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् । 
    यस्तै पछिल्लो २४ घण्टामा ११ हजार १६७ जनाको पीसीआर परीक्षण भएको छ । 


     

    बुधवार, भाद्र २४ २०७७०५:०३:४८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार