बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

दुई दिनदेखि रोकिएको राहदानी छपाइ तथा वितरण अनिश्चितकालका लागि बन्द(सुचीसहित)

दुई दिनदेखि रोकिएको राहदानी छपाइ तथा वितरण अनिश्चितकालका लागि बन्द(सुचीसहित)

  • 1.7K
    SHARES

  • दुई दिनदेखि रोकिएको राहदानी छपाइ तथा वितरण अनिश्चितकालका लागि बन्द(सुचीसहित)

    काठमाडाैँ, पुस १९

    राहदानी विभागले अनिश्चितकालसम्मका लागि राहदानी (पासपोर्ट) छपाइ तथा वितरण रोकेको छ ।

    पुस १७ गतेदेखि नै सिष्टममा समस्या आएको भन्दै विभागले राहदानी छपाइ र वितरण कार्य रोकेको थियो ।विभागकी निर्देशक रहेकी प्रवक्ता दुरपदा सापकोटाले विभागको सिष्टममा समस्या आएको बताइन् । उनले आज सूचना निकालेर विभागको सिष्टममा समस्या आउँदा छपाइ र वितरण अवरूद्ध भएको हो ।

    विभागले सो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिष्टमले पूर्ण रूपमा सुचारू हुन केही समय लाग्ने भएकोले राहदानीका लागि आवेदन दिएकाहरूले आफ्नो मोबाइलमा एसएमएस आएपछि मात्रै विभाग आउन अनुरोध छ,सूचनामा भनिएको छ ।

    नियमित रूपमा राहदानी आवेदनका लागि बुक गरेकाहरूले बुक गरेको मिति र समयमा बायोमेट्रिकको लागि पनि विभागमा आइदिन आग्रह गरेको छ ।

    प्रधानमन्त्री प्रचण्डले आजै मात्र पनि सचिवहरूलाई निर्देशन दिँदै राहदानीलगायतमा सेवाग्राही लाइनमा बस्नुपर्ने बाध्यता एक महिनाभित्र हल गर्न नभए कारबाही गरिने चेतावनी दिए । गृह मन्त्रालयले पनि राहदानी लिन सेवाग्राहीको भिडभाड बढेपछि समस्या बुझ्न र समाधान गर्न चार सदस्यीय विज्ञ टोली अनौपचारिक रूपमा खटाएको थियो । ‘विज्ञ टोलीले अध्ययन गरिरहेको छ ।

    हेर्नुस् सूचना: 

    मंगलवार, पौष १९ २०७९०४:३०:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार