काठमाडाैँ, पुस १९
नेपाल विद्युत् प्राधिकरणले पोल भाडाका नाममा तार काट्ने गरेकाले जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने सेवा प्रदायकहरूले चेतावनी दिएका छन् ।
इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) ले हिजो पत्रकार सम्मेलन गर्दै विद्युत् प्राधिकरणले एकतर्फी रूपमा आफूखुसी पोल भाडा बढाएको र आफूहरूको मागका विषयमा पनि कुनै सुनुवाइ नगरेकाले जुनसुकै बेला पनि सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिए ।
प्राधिकरणको भाडादरका कारण उपभोक्तालाई असर पर्ने भएको भन्दै डिजिटल नेपालको मर्मविपरीत भएकाले राज्यको उच्चस्तरीय समिति गठन भई प्रतिवेदन दिएको तर प्राधिकरणले उक्त प्रतिवेदन कार्यान्वयन गर्न नमानेको आइस्पानको आरोप छ ।
पत्रकार सम्मेलनमा आइस्पानका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले पुरानै भाडा तिर्ने र बढेको भाडा पनि तिर्ने सम्झौता गर्न दबाब दिइरहेको र भाडाकै निहुँमा इन्टरनेटको तार काटिरहेको बताए । उनले विद्युत् प्राधिकरणले आफैँ जबर्जस्ती ६ सयदेखि ७ सय प्रतिशत पोल भाडा बढाएर मानव अधिकारको उलंघन भएको उल्लेख गरिएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।