बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

जितिया पर्वः सन्तानको सुख, शान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन रहेको 

जितिया पर्वः सन्तानको सुख, शान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन रहेको 

मेगा खबर संवाददाता

२४, भाद्र २०७७
  • 2.1K
    SHARES

  • जितिया पर्वः सन्तानको सुख, शान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन रहेको 

    जनकपुरधाम । मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको अवसरमा व्रतार्थीले आज नहाय खाय र तेलखरी विधि गरिरहेका छन् ।

    सो विधिअन्तर्गत व्रतार्थीहरू जलाशयमा स्नान गरी घिरौलाको पातमा तोरी वा सस्र्यूको तेल र पिना (खरी) चढाएर जिमूतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् । आजकै दिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने गर्दछन्, जसलाई माछमरूवा भनिन्छ । शाहाकारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खाने चलन छ ।

    jitiya-praba.jpg 

    नहाय खाय र तेलखरि विधिमा घिरौलाको पातमा नैवेद्य चढाइने गरिन्छ । नैवेद्यमा गहुँको पिठो र गुड (सक्कर) मिसाएर पकाइएको पकवान, चामल, दाल, दही, च्यूरा, खीर, रोटी, दूध, चीनीजस्ता वस्तुहरू कुलवंश, रीति र परम्पराअनुसार चढाइने गरिन्छ । नैवेद्यमा पान, सुपारी, काँक्रो, केराउ (अँकुरी) र अक्षता (चामल) पनि चढाइने गरिन्छ । यसमा चिल र स्यालका भागहरू राखिन्छन् । यसका साथै दिवङ्गता महिला पितृ वर्गका लागि नैवेद्यका भागहरू राखिने चलन छ । सोही तिथिको रातिको अन्तिम पहरमा व्रतार्थी दही, च्यूरा, फल, मिष्ठान आदि खाने गर्दछन्, जसलाई ‘ओठङ्न’ भनिन्छ ।

    यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको ढोकाको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दछन् । जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार बसिन्छ । नवमी तिथिमा स्नानादी गरी पवित्र भई पूर्ववत् जिमूतवाहनलाई नैवेद्य अपर्ण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी व्रतको पारण गरिन्छ । 

    jitiya.jpg

    जितिया पर्व मैथिल संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जिमूतवाहन व्रत पनि भनिन्छ । सन्तानको सुख, शान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन छ । जितिया पर्व यसकारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको छ ।

    बुधवार, भाद्र २४ २०७७०२:०५:१९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार