शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

गाई काटेका अभियोगमा पक्राउ

गाई काटेका अभियोगमा पक्राउ

मेगा खबर संवाददाता

२४, भाद्र २०७७
  • 2.3K
    SHARES

  • गाई काटेका अभियोगमा पक्राउ

    विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले गाई काटेका अभियोगमा पक्राउ परेका एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

    तादी गाउँपालिका–३ स्थित टुटुङमा गाई काटी भाग लगाइरहेका अवस्थामा सोही गाउँपालिका–१ उर्लेनी घर भएका ३० वर्षीय सुरेश लामा भनिने सन्चा तामाङ दोङलाई सोमबार  पक्राउ गरी पशुपक्षीसम्बन्धी कसुरअनुसार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिए ।

    प्रनि फुयाँँलका अनुसार सोही घटनामा संलग्न भएका नौ प्रतिवादी हालसम्म फरार  छन् । गाई काट्न प्रयोग गरिएको धारिलो घरेलु हतियारसमेत घटनास्थलबाट प्रहरीले बरामद गर्नाका साथै  प्रतिवादी तामाङलाई जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी घटनाको अनुसन्धान गरिएको उनले जानकारी दिए ।

    बुधवार, भाद्र २४ २०७७०१:५६:२६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार