काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेलप्रति श्रद्धान्जली अर्पण गरेका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा पुगेर प्रचण्डले मंगलबार बिहान वाग्ले र पोखरेलको तस्बिरमा श्रद्धासुमन अर्पण गरेका हुन् । प्रचण्डसँगै अन्य नेता कार्यकर्तापनि वाग्ले र पोखरेललाई श्रद्धासुमन व्यक्त गर्न पार्टी कार्यालय पुगेका थिए ।
माओवादी जनयुद्धका क्रममा उच्च शहादत प्राप्त नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का तत्कालिन वैकल्पिक पोलिटब्यूरो सदस्य सुरेश वाग्ले (वासु) ले २०५६ साल भदौ २३ गते साहदत प्राप्त गरेका थिए ।
उनको जन्म गोरखाको आँपपीपल गा.वि.स.–५ स्थित रातडाँडा भन्ने गाउँमा वि।सं। २०१० साल भाद्र २४ गते बुधबार भएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।