काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफूमा कोरोना भाइरस संक्रमण देखिएपनि स्वास्थ्यमा कुनै समस्या नदेखिएको प्रतिक्रिया दिएका छन् । मंगलबार कोरोना संक्रमण पुष्टि भएका कोइरालाले सामाजिक सञ्जालमार्फत आर्फू आइसोलेसनमा रहेको जानकारी दिएका छन् ।
‘आज गरिएको परीक्षणका क्रममा म मा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन । चिकित्सकहरुको सल्लाह अनुसार हाल म होम आइसोलेसनमा बसेको छु । मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु ।’ उनले भनेका छन् ।
उनी चार दिनअघि मेरियट्स होटल गएका थिए भने त्यसयता घरमै रहेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।