काठमाडाैँ, पुस १०
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिन्छन् ।
काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज चार दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चिसोबाट बच्न शरीरको सबै भाग ढाक्नेगरी बाक्लो तथा न्यायो लुगा लगाउन, कोठा न्यानो पार्न र प्रयाप्त हावा ओहोरोदोहरो हुने व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ । शीतलहर र हिमपातबाट बालबालिका, ज्येष्ठ नागरिक,गर्भवती महिला तथा दीर्घरोगीलाई बचाउनुपर्दछ ।
आमाको दूध खाने बच्चालाई नियमित रुपमा स्तनपान गराउन, तातो तथा पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गराउन र धुमपान तथा मध्यपान नगर्न मन्त्रालयको आग्रह छ । शीतलहर तथा चिसोमा मुटु रोग, हृदयघात, फोक्सो तथा श्वासप्रश्वासमा समस्या, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया,ज्वरो आउने, झाडापखला लाग्ने, दम बढ्ने,रुघाखोकी,घ्यारघ्यार,श्वास फेर्न कठिनाइ हुनेजस्ता समस्या देखिने गर्दछन् ।
मन्त्रालयले यस्ता समस्या देखिए तुरुन्तै नजिकैको स्वास्थ्य सङ्ख्यामा सम्पर्क गर्न अनुरोध गर्दै सुत्ने कोठामा आगो,हिटर,मकल,कोइला, ब्रिकेट,आदि बाली झ्याल ढोकाबन्द गरेर नसुत्न आग्रह गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।