काठमाडाैँ, पुस ८
गृह मन्त्रालयले प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) डा.सुरेन्द्र प्रसाद साहको नाममा ७ दिने सूचना जारी गरेको छ । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ ठेगाना भएका उनी प्रदेश प्रहरी अस्पताल सप्तरीमा कार्यरत थिए ।
असोज ७ गतेदेखि उनी कार्यालयमा गैरहाजिर रहेको सूचनामा उल्लेख छ । उनलाई खोजतलास गर्न घरसम्म जाँदा पनि फेला नपरेको भन्दै मन्त्रालयले आज सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आफ्नो सफाइसहित उपस्थिति हुन आउन निर्देशन दिएको छ ।
अन्यथा प्रहरी नियमावली अनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाउने तर्फको कारबाही हुने मन्त्रालयको सूचनामा उल्लेख छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।