शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

वनमन्त्री वस्नेतसंग अष्ट्रेलियन राजदूतले भने–  रेडपाण्डा हेर्न नेपाल आउने योजना बनाएको छु 

वनमन्त्री वस्नेतसंग अष्ट्रेलियन राजदूतले भने–  रेडपाण्डा हेर्न नेपाल आउने योजना बनाएको छु 

मेगा खबर संवाददाता

२३, भाद्र २०७७
  • 1.9K
    SHARES

  • वनमन्त्री वस्नेतसंग अष्ट्रेलियन राजदूतले भने–  रेडपाण्डा हेर्न नेपाल आउने योजना बनाएको छु 

    काठमाडौं । नेपालका लागी अष्ट्रेलियन राजदूत पिटर बडले वन तथा वातावरणमन्त्री शक्तिबहादुर वस्नेतसंग विदाई भेट गरेका छन् ।  सिंहदरवारस्थित वनमन्त्रालयमा भएको भेटवार्तामा आपसी हितका साथै द्धिपक्षिय सहयोगका विषयमा छलफल भएको थियो । 

    भेटमा मन्त्री वस्नेतले नेपाल र अष्ट्रेलियाबीच कुटनैतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको र दुई देशबीच सम्बन्ध समधुर रहेको भन्दै द्धिपक्षिय सम्बन्धलाई अझै मजबूत बनाउनुपर्नेमा जोड दिए । 

    सामुदायिक वनको क्षेत्रमा अष्ट्रेलियाले गर्दै आएको सहयोगप्रति धन्यवाद दिंदै मन्त्री वस्नेतले आगामी दिनमा समेत वन र वातावरणको क्षेत्रमा सहकार्य जारी राख्ने धारणा व्यक्त गरे ।
    मन्त्री वस्नेतले कोभिड १९ को विश्वव्यापी महामहारीले संसारलाई नै चुनौति थपेको भन्दै यो महामारीविरुद्ध लड् संयुक्त रुपमा सहकार्य आवश्यक रहेको बताए । 

    उनले राजदूत बडलाई नेपालमा रहंदा नेपाल अष्ट्रेलिया सम्बन्ध मजबूत बनाउन पुरएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि सफलताको शुभकामना व्यक्त गरे । 
    भेटमा राजदूत बडले इसिमोडमा मन्त्री वस्नेतले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले दुई देशबीचको ६० वर्षको सहकार्यलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए ।  
    राजदूत बडले लकडाउनको समयमा समेत अष्ट्रेलियामा केही उडानहरु भएको जानकारी दिंदै कोभिडपछि त्यसले व्यवसायीक उडानका रुपमा निरन्तरता पाउनेमा आफु आशावादी रहेको धारणा व्यक्त गरे । 

    अष्ट्रेलियन राजदूतले नेपालको नेचर वेस पर्यटनको प्रंशसा गर्दै आगामी दिनमा समेत त्यसलाई सहयोग र प्रवद्र्धन गर्न आफु लागिपर्ने प्रतिवद्धता व्यक्त गरे । उहांले चितवन र वर्दियामा आफुले गरेको भ्रमणको सम्झना गर्दै आगामी दिनमा रेडपाण्डा हेर्न नेपाल आउने ईच्छा समेत व्यक्त गरे । भेटमा कर्णाली प्रदेशमा कोभिड रिकभरी कार्यक्रम संचालन गर्ने विषयमा समेत छलफल भएको थियो ।

    मंगलवार, भाद्र २३ २०७७०२:५२:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार