महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बदेल मारेर मासु घरमा लुकाइराखेको अवस्थामा नेपाली सेनाले भीमदत्तनगरपालिकाका दुई जनालाई मंगलबार नियन्त्रणमा लिएको छ ।
शुक्लाफाँटा निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको देवीदल गण मझगाउँ ब्यारेकको टोलीले भीमदत्तनगरपािलका–१५ राधाकृष्ण टोलस्थित जनक भट्टको घरभित्र लगाएर राखिएको बदेलको ३७ किलोमासुसहित दुई जनालाई पक्राउ गरी निकुञ्ज प्रशासनको जिम्मा लगाएको हो ।
पक्राउ पर्नेमा ३७ बर्षीय जनक भट्ट र स्थानीय ३० बर्षीय टेकेन्द्र भट्ट रहेको देवीदल गणले जनाएको छ । बदेँललाई पासोमा पारेर मारेर मासु घरभित्रको भकारीमा लुकाएको अवस्थामा सेनाले फेला पारेको हो ।
सेनाले निकुञ्जबाट लकडाउनका बेला चोरीशिकारी हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सर्तकता बढाएको जनाएको छ । सेनाले लकडाउन अवधीमा चोरीशिकारीमा संलग्नहरुलाई नियन्त्रणमा लिई कारबाहीको दायरामा ल्याएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।