शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

रौतहटको मौलापुर नगरपालिकामा २५ सैयाको आइसोलेशन निर्माण हुँदै 

रौतहटको मौलापुर नगरपालिकामा २५ सैयाको आइसोलेशन निर्माण हुँदै 

मेगा खबर संवाददाता

२३, भाद्र २०७७
  • 2.0K
    SHARES

  • रौतहटको मौलापुर नगरपालिकामा २५ सैयाको आइसोलेशन निर्माण हुँदै 

    गौर। रौतहटको मौलापुर नगरपालिकामा २५ सैयाको आइसोलेशन निर्माण भइरहेको छ ।  जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहेको र सम्भावित संक्रमितका लागि पूर्वतयारीको रुपमा आइसोलेशन निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

    मौलापुरस्थित लक्ष्मिनिया माध्यमिक विद्यालयमा २५ सैयाको सुविधासम्पन्न आइसोलेशन वार्ड यस क्षेत्रका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी निर्माण गर्न लागिएको नगरप्रमुख रीनाकुमारी साहले बताइन् ।
    यसभन्दा पहिले लकडाउनको समयमा क्वारेन्टाइन निर्माण गरी नगरवासीलाई सेवा प्रदान गरेको र अहिले स्थितिमा आइसोलेशन आवश्यक रहेको प्रमुख साहले जीकिर गरिन् ।

    आइसोलेशन निर्माण तथा व्यवस्थापनका लागि एउटा समिति निर्माण गरिएको छ । आवश्यक पर्ने औषधि, संक्रमितले प्रयोग गर्ने सामान, मास्क, सेनिटाइजरसहित आवश्यकता बमोजिम अक्सिजन सिलिन्डर राखिने नगर उपप्रमुख गौरीशंकर जयसवालले जानकारी दिए । चिकित्सक, नर्स र दक्ष स्वास्थ्य जनशक्ति चौबीसै घन्टा तैनाथ रहने उनले बताए ।
    कोरोना नियन्त्रणका लागि सरकारले तोकेको सबै मापदण्ड पूरा गरी आइसोलेशन निर्माण हुँदैछ ।

    मंगलवार, भाद्र २३ २०७७०९:१७:४३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार