गौर। पछिल्लो समय रौतहटमा लोकप्रियता कमाउन सफल गैरसरकारी संस्था माण्डवीले एकीकृत वास (WASH) परियोजना अन्तर्गत रौतहटको परोहा नगरपालिकाको रामपुर खापलाई WASH फ्री जोन बनाउने उदेश्यले संचालन गरेको परियोजना सम्पन्न गरेको छ ।
पेन्नी अपिलको आर्थिक सहयोगमा संचालित उक्त परियोजना अन्तर्गत नगरपालिकाको रामपुर खापको विद्यालयलाई छनोट गरि त्यहाँ निर्माण गर्नुपर्ने आवश्यक सबै पूर्वाधार निर्माण गरिसकेको माण्डवीले सफलता पुर्वक परियोजना सम्पन्न गरेको हो। WASH परियोजना अन्तर्गत छनोट बिधयालयमा सुबिधा समपन्न शौचालय, खानेपानी,लगायतको पूर्वाधार निर्माण गरिएको माण्डवीकी अध्यक्ष अन्जु झाले बताइन । साथै अध्यक्ष झाले विद्यालयमा अध्यनरत २० जना बालिकाको घरमा ती पूर्वाधारहरु निर्माण गरिएको अध्यक्ष झाले बताइन् ।
उक्त वडामा जनताका प्रत्यक्ष सरोकारका कार्यालयहरु, वडा कार्यालय, बर्थिङ सेन्टर, स्वास्थ्य चौकी र विद्यालयमा समेत परियोजना सम्पन्न भएको हो । दुई वटा वाटर ट्याङ्की निर्माण गर्नुका साथै विभिन्न सचेतनामुलक कार्यक्रम गरी परियोजना पूर्ण कार्यान्वयन भएको माण्डवीले जनाएको छ ।
मान्ड्बीको यो पाइलाले नगरको शिक्षा क्षेत्रको बिकासमा ठूलो टेवा पुग्ने प्रशासकीय अधिकृत ओम प्रकाश यादवले बताए । छोरी विद्यालय पढेपछी उपहार स्वरुप घरमा शौचालय र विभिन्न पुर्वाधारको निर्माण भएपछि आफुहरुलाई असाध्यै खुसी लागेको स्थानीय बिगु पटेलले बताए ।
परोहा नगरपालिकासहित जिल्लाको विभिन्न नगरपालिकाको बिद्यालयमा विभिन्न पुर्वाधार निर्माण,स्थानीय जनतालाइ शुद्ध खानेपानीलाई डिपकल जडान ,नगरपालिकाको सहकार्यमा मुस्लिम समुदायमा मस्जिद निर्माण ,आर्थिक स्तरमा थिचिएकाकाको जिबिकोपार्जनका लागि विभिन्न सीप र तालिम कार्यक्रम, महिला दिदी( बहिनीलाई सीप मुलक तालिम ,सरकारी निकाय सङ समन्वय गरि बिपद ब्यबस्थापनमा जनताको माझ उभिइ राहतका सामाग्री सहित माण्डवीले विभिन्न सहयोग गर्दै आएको छ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।