शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

हाइड्रोका कारण जुगल–३ को २ सय बढी घर पहिरोको उच्च जोखिममा, स्थानिय आन्दोलित

हाइड्रोका कारण जुगल–३ को २ सय बढी घर पहिरोको उच्च जोखिममा, स्थानिय आन्दोलित

मेगा खबर संवाददाता

२३, भाद्र २०७७
  • 6.9K
    SHARES

  • हाइड्रोका कारण जुगल–३ को २ सय बढी घर पहिरोको उच्च जोखिममा, स्थानिय आन्दोलित

    रन्जित आचार्य

    काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बा बोल्दे, तान्किम्राङ बगरमा संचालित यम्बालिङ  र अपर बलेफि हाइड्रोपावरले खनेको सडक स्थानियहरुले बन्द गरेका छन् । उक्त सडक खन्ने क्रममा ‘ब्लास्टिङ’ गर्दा २ सय भन्दा बढी घरधुरी पहिरोको उच्च जोखिमा रहेको भन्दै स्थानियहरुले विरोध गरेका हुन् । 

    बोल्देका स्थानियबासीहरुले हाइड्रोपावरसँग कुनै सम्झौता नभएसम्म वर्षातको कारण अवरुद्ध भएको सडक सफा नगर्न स्थानियहरुले अनुरोध गरेका छन् । १९ भदौदेखि बाटो बन्द हुनेगरी स्थानियहरुले निर्णय गरेका थिए । ७.२७ मेगावाटको उक्त हाइड्रोपावरमा सडक खन्दा भएको क्षतिका कारण लगभग २५० घरधुरी भएको गाउँनै पहिरोको उच्च जोखिममा परेको स्थानियले जानकारी दिए । 

    गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङ भने हाइड्रोपावर बन्नुभन्दा अगाडी त्यहाँका स्थानियलाई त्यसले निम्त्याउन सक्ने क्षतिबारे जानकारी दिनपर्ने तर्क गर्छिन् । वावरणीय संरक्षणको विषयलाई विर्सन नहुने भन्दै त्यसको जनतासामु अध्ययन गरेर स्पष्ट हुनपर्ने बताइन् । 

    हाइड्रोपावर र स्थानिय सरकारबीच केही नहुने भन्दै सरकारसँगै सम्झौता गरेर आएर संचालन भएको भन्दै समन्वय अहिलेसम्म नभएको उनले बताइन् । स्थानिय जनप्रतिनिधिसमेत रहेकी तामाङले क्षति हुने अवस्थाको बारेमा सम्पूर्ण विषयको पूर्वसूचना नदिँदा समस्या भएको बताइन् । 

    हाइड्रोपावरको प्रयोजनको लागि खनेको सडकका कारण पहिरो जान थालेको स्थानिय जित बहादुर तामाङ (जितेन पाख्रिन) ले जानकारी दिए । हाइड्रोपावरको काम बन्द गर्नुपर्ने र स्थानियहरुको घर जग्गा जोखिममा पार्न नहुने भन्दै उनीहरु आन्दोलित छन् । No description available.

    यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न क्षेत्रमा विकास निर्माणका कामको कारण पर्न गएको असरका कारण बस्ती नै विस्थापित भएका छन् । विशेषगरि, जुगल र बलेफी गाउँपालिकाका बस्तीहरु हाइड्रो र नदी दोहनका कारण जोखिममा परेको स्थानियहरु बताउँछन् ।

    मंगलवार, भाद्र २३ २०७७०८:४३:२५

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार