शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

६३ सैनिकमा कोरोना 

६३ सैनिकमा कोरोना 

मेगा खबर संवाददाता

२२, भाद्र २०७७
  • 2.6K
    SHARES

  • ६३ सैनिकमा कोरोना 

    सुदूरपश्चिम । कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ । उक्त शिक्षालयमा लम्कीचुहा नगरपालिकाले कोरोना परीक्षण गराएको थियो । 

    नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिइन् । तालीम शिक्षालयलका १२९ को नतिजा नेगेटिभ आएको जनाइएको छ ।

    आज सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको ४४५ नमूनाको परीक्षणमा ७६ जनामा सङ्क्रमित पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताएका छन् । कोभिड–१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलालीमा कुल सङ्क्रमित र सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् ।

    आजसम्म कैलालीमा छ, बझाङ र बाजुरामा दुई÷दुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।

    सोमवार, भाद्र २२ २०७७०६:४७:३८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार