शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

बाघको आक्रमणबाट मृत्यु

बाघको आक्रमणबाट मृत्यु

मेगा खबर संवाददाता

२२, भाद्र २०७७
  • 3.3K
    SHARES

  • बाघको आक्रमणबाट मृत्यु

     चितवन । बाघको आक्रमणबाट आज एक जनाको पश्चिम चितवनको बाटुली पोखरीमा  मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले उनको शव आज दिउँसो भेटिएको बताएका छन्। उनी घरबाट घाँस काट्न बिहान आठ बजे निस्किएका थिए ।

    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको सो पोखरी सामुदायिक वनमा  घाँस काट्न गएको समयमा महतोलाई बाघले आक्रमण गरेको हो ।

    बाघको आक्रमण पछि उनको टाउको र खुट्टा मात्रै फेला परेको छ । घटना स्थलबाट दुई किलोमिटर पश्चिम जङ्गलमा उनको टाउको र खुट्टा भेटिएको उनले जानकारी दिए ।

    घटना भएको जानकारी पाएपछि नेपाल प्रहरी, नेपाली सेना र निकुञ्जको टोली हात्ति सहित घटना स्थलमा पुगेका थिए ।

    सोमवार, भाद्र २२ २०७७०६:३५:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार