काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रचण्डलाई शारदा अधिकारीसंग जोडेर खेदिरहनु जरुरी छ र ? भन्दै प्रश्न गरेका छन् । पटक–पटक विभिन्न प्रकारका ठेक्का विवादमा तानिइरहेका अधिकारीसँग प्रचण्डलाई जोड्नु अर्थपूर्ण नभएको उनको भनाई छ ।
पछिल्लो पटक सरकारले मल आयातका लागि दिएको ठेक्का रद्द गरेको छ । साथै, ९ करोड रकम जफत समेत गरेको छ । शैलुङ इन्टरप्राइजेट र हनिको मल्टिपलसँगको ठेक्का सम्झौता रद्द भएको हो । शैलुङ इन्टरप्राइजेटका मालिक अधिकारीको घरमा अध्यक्ष दाहाल बसिरहेका छन् ।
‘अहिलेसम्म शारदा अधिकारीले पाएका सवै ठेक्काहरु प्रचण्ड वा अरु कसैको निगाह र अनुकम्पामा नभएर राज्य वा सम्वन्धित निकायले तोकेको प्रतिस्पर्धावाट नै पाएका हुन् ।’ बस्नेतले भनेका छन् । साथै, उनले राज्यलाई धोका दिए बापत शारदा अधिकारीलाई कृषि मन्त्रालयले कालोसूचीमा राखेर धरौटी जफत गरि कार्वाही प्रक्रिया वढाएको र उक्त प्रक्रिया स्वागतयोग्य भएको बताएका छन् ।
देशको राजनीतिक माहोललाई सामाजिक सञ्जालबाट विभिन्न चर्चा÷परचिर्चा सामाजिक सञ्जाल, मिडिया बहस तथा विचारहरुबाट गरिरहेका हुन्छन, बस्नेत ।
प्रचण्डले त्यहाँबाट डेरा सर्छु भनेर सार्वजनिक रुपमा भनिरहँदा एकोहोरो रुपमा गोयवल्स शैलीमा खेदिरहनु उचित नभएको उनको तर्क छ ।
यस्तो छ सामाजिक सञ्जालमा बस्नेतको तर्कः
१) नेपालमा घर नभएको मान्छे घरभाडामा वस्ने र घर खाली भएकाले घर भाडामा लगाउने चलन छ । यो नितान्त स्वाभाविक कुरा हो ।
२) यो पनि उत्तिकै सांचो हो कि घरमालिकले गर्ने हरेक राम्रो या नराम्रो कर्मको जिम्मेवारी घरभाडामा बस्ने भाडावालले लिन सक्दैन ।
३) राज्यको कानुन र ठेक्का प्रणालीका कमीको कारण राम्रो काम नगर्ने ठेगेदारहरुले पनि कम पैसामा हालेपछि पटकपटक ठेक्का पारेको देखिन्छ । यसलाई रोक्न राज्यले नै विधि र प्रक्रियावाटै स्टेप चाल्नुपर्ने हुन्छ ।
४) अहिलेसम्म शारदा अधिकारीले पाएका सवै ठेक्काहरु प्रचण्ड वा अरु कसैको निगाह र अनुकम्पामा नभएर राज्य वा सम्वन्धित निकायले तोकेको प्रतिस्पर्धावाट नै पाएका हुन् ।
५) राज्यलाई धोका दिए बापत शारदा अधिकारीलाई कृषि मन्त्रालयले कालोसूचीमा राखेर धरौटी जफत गरि कार्वाही प्रक्रिया वढाएको छ, जुन स्वागतयोग्य छ ।
६) सत्तारूढ दलको अध्यक्षको हैसियतले गलत गरेको भए ठेगेदारलाई कार्वाही गर्न आफुले विभागीय मन्त्रीलाई भनेको प्रचण्डले सार्वजनिक रुपमै भन्नुभएको छ ।
७) एउटा विवादित ठेगेदारको घरमा त्यो तहको नेताले वस्नु उपयुक्त हुन्न कि भन्ने लागेपछि प्रचण्डले त्यहाँ नवसेर अन्तै डेरा सर्ने सार्वजनिक भनाई पनि राखिसक्नुभएको छ ।
८) यसअघि सोह्रखुट्टेवाट सरेर लाजिम्पाट र लाजिम्पाटवाट सरेर खुमल्टार पुग्नुभएका डेरावाल प्रचण्डले त्यहाँवाट पनि सर्छु भनिसक्नुभएको छ।
९) उपरोक्त तथ्य हुंदाहुंदै एकोहोरो रुपमा गोयवल्स शैलीमा अनावश्यक रुपमा प्रचण्डलाई शारदा अधिकारीसंग जोडेर खेदिरहनु जरुरी छ र ?
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।