धनगढी। बझाङमा बाघको छाला सहित २ जना पक्राउ परेका छन् । बझाङको बुङल नगरपालीका –६ का बर्ष २६ हरजित बोहरा र सोही ठाउँका २३ बर्षिय सुरेन्द्र बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।
क्षेत्रिय अनुसन्धान टिम (आरआइटी) र जिल्ला प्रहरी कार्यलय बझाङको संयुक्त टोलीले बाघको छाला र हड्डी ९ किलोग्राम सहित उनीहरुलाई पक्राउ गरेको हो । थप अनुसन्धानका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यलय बझााङ लगिएको प्रहरीले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।