शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :
ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरुसँग छलफल

‘निषेधाज्ञा खुकुलो पारेर कोरोनालाई हौवाको विषय नबनाऔं’

‘निषेधाज्ञा खुकुलो पारेर कोरोनालाई हौवाको विषय नबनाऔं’

मेगा खबर संवाददाता

२१, भाद्र २०७७
  • 1.5K
    SHARES

  • ‘निषेधाज्ञा खुकुलो पारेर कोरोनालाई हौवाको विषय नबनाऔं’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरुसँग छलफल गरेका छन् । निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग सुझाव र परामर्शका लागि गरिएको कार्यक्रम सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । 

    थापाका अनुसार उक्त अवसरमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले आ–आफ्नो सुझाव प्रस्तुत गरेका थिए । ‘त्यसक्रममा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाइ चलायमान गर्न र कोरोनालाई हौवाको विषय नबनाउन अनुरोध प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको छ ।’ थापाले भनेका छन् ।

    त्यस्तै, नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेको अध्ययन र संबोधनको बारेमा स्पष्ट गरेका छन् । 

    प्रधानमन्त्री ओलीले नागरिकको जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्दै स्वतन्त्रताको असन्तुलित वकालतले गर्दाचाहिं धेरै ठूलो क्षति भोग्नुपर्नेतर्फ सबैको ध्यानाकर्षण गरेको थापाले बताएका छन् । 

    थापाका अनुसार प्रधानमन्त्री ओलीले अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेको समेत उल्लेख गरे ।

    कोभिड–१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतंकित गर्न नहुनेतर्फ सम्बन्धित सबै जिम्मेवारहरू सचेत हुन पनि उनले निर्देशित दिएका थिए ।

    उनले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत आश्वान गरे । प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे । 

    काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति पनि उनले स्पष्ट पारे । भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरू यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन पनि आह्वान गरेको थापाले बताएका छन् । छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैठौ मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन भन्ने देखाउने उनको तर्क  िथयो । 

    कोरोनाको विषयमा मनोवैज्ञानिक आतंक नफैलाई नागरिकको मनोबल बढाउनुपर्नेमा उनले विशेष जोड दिए । करिब अढाई घण्टासम्म चलेको आजको छलफलको आयोजनाका निम्ति निजी क्षेत्रका नेतृत्वकर्ताहरूले सरकार र प्रधानमन्त्रीलाई विशेष धन्यवाद र आभार व्यक्त गरेको थापाले बताए । 

    आइतवार, भाद्र २१ २०७७०९:२८:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार