काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–११ कपनमा गत बिहीबार साँझ सुन किन्न गएका उदयपुर चौदण्डीका निराहाङ राई लुटिए । ‘सस्तोमाा सुन किन्न’ १३ लाख ५० हजार बोकेर आनी गुम्बा नजिक पुगेका राई लुटिएका हुन् ।
सस्तोमा सुन बेच्ने सपना देखाएर लुटेरा समूहका मुख्य योजनाकारले सुरुमा उनीसँग डिल गरे । एक डल्लो सक्ली सुन पनि देखाए । उनी विश्वासमा परेका घरमा भएको १३ आख ५० हजार बोकेर सुन किन्न पुगे । अन्ततः लुटिए ।
आफू आफ्नै आँखाअघि लुटिएपछि राईले अन्ततः कानुनी उपचारको बाटो रोजे । उनले महानगरिय प्रहरी वृत, बौद्धमा सम्पर्क गरे । बौद्ध प्रहरी टोलीले लुटेरा समूहका पाँच जनालाई पक्राउ गरेको छ । प्रहरी वृत बौद्धका डीएसपी नविन कार्कीका अनुसार सो समूहले गोकर्णेश्वर नपा–१ नयाँपाटीस्थित रुपा गुरुङको घरबाट चोरी गरेर लुकाई राखेको ४ लाख ६३ हजारसहित उनीहरुको डेरा कोठाबाट ८ लाख ७५ हजार रुपैयाँ बरामद गरिएको छ ।
उनीहरुले यसअघि पनि यस्तै प्रलोभन देखाउँदै चोरी गर्दै आएको अनुसन्धानबाट खुलेको छ । डीएसपी कार्कीका अनुसार सिन्धुपाल्चोक बाह्रबिसेका ३२ वर्षीय विष्णु थापा, सिन्धुपाल्चोक जुगलका २७ वर्षीय मेखबहादुर तामाङ, २८ वर्षीय रुवेन लामा गोले, २३ वर्षीय आकाश स्याङ्वो र सर्लाही हरिवन घर भइ कपन बस्ने विशाल लामा रहेका छन् । त्यस्तै, सो समूहको लुटपाटमा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे घर भएका ३२ वर्षीय सुजन बिक भने फरार रहेको उनले बताए ।
लुटेको पैसाले मकलवारी बस्ने सो समूहका मेखबहादुरले प्रदेश–३–०२–०१३प ३३८० नम्बरको पल्सर मोटरसाइकल किनेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । लुटपाटमा प्रयोग भएको बा।२४ प २८६७ नम्बरको पल्सर मोटरसाईकल प्रहरीले बरामद गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।