शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

प्रधानमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरु बालुवाटारः अर्थतन्त्रमा परेको असरबारे छलफल

प्रधानमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरु बालुवाटारः अर्थतन्त्रमा परेको असरबारे छलफल

मेगा खबर संवाददाता

२१, भाद्र २०७७
  • 1.7K
    SHARES

  • प्रधानमन्त्री र निजी क्षेत्रका प्रतिनिधिहरु बालुवाटारः अर्थतन्त्रमा परेको असरबारे छलफल

    काठमाडौं। कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका प्रतिनिधिहरुलाई बालुवाटार बोलाएका छन्।

    अहिले निजी क्षेत्रका प्रतिनिधिहरुसँग बालुवाटारमा छलफल शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए। उनले भने, ‘सम्माननीय प्रधानमन्त्री तथा अर्थमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरू र सम्बद्घ अधिकारीहरूसँग कोभिड १९ ले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा आयोजना गर्नुभएको सुझाव र परामर्श कार्यक्रम शुरू भएको छ।’

    गएको चैत ११ मा शुरु भएको देश व्यापी लकडाउन हटे पनि हाल देशका विभिन्न स्थानमा रहेको निषेधाज्ञा तथा विश्वव्यापी प्रभाका कारण अर्थतन्त्रमा नकरात्मक असर परेको छ । सोहि कुराको छलफल गर्न प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिहरुलाई बोलाएका हुन् । 

    आइतवार, भाद्र २१ २०७७०६:३२:१६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार