शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

‘नाकामा सेना, दशैंसम्म निषेधाज्ञा’

‘नाकामा सेना, दशैंसम्म निषेधाज्ञा’

मेगा खबर संवाददाता

२१, भाद्र २०७७
  • 5.6K
    SHARES

  • ‘नाकामा सेना, दशैंसम्म निषेधाज्ञा’

    काठमाडौं । ललितपुर जिल्ला प्रमुख नारायण प्रसाद भट्टले दशैसम्म निषेधाज्ञा जारी राख्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको आइतबारको बैठकमा सो कुरा बताएका हुन् । 

    उनले चाडपर्वको समयमा मानिसहरूको आवागमन पनि बढ्ने भएकाले निषेधाज्ञाको अवस्थालाई निरन्तरता दिनुपर्ने बताएका हुन्।

    यता काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँच वटै नाकामा सेना परिचालन गर्नुपर्ने बताए । चाहेर पनि र नचाहेर पनि दैनिक दुई हजारभन्दा बढी मान्छेलाई भित्र्याउनु परेको उल्लेख गर्दै नाकालाई ठप्प पार्न नसकिने उनको भनाई छ ।

    उनले नाकाहरूमा सेना परिचालन गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले भने, ‘यदि दुई हजार मान्छे नभित्र्याउने र ठप्प पार्ने हो भने यहाँ ग्यास बाहिरबाट आउँछ, खाद्यान्न बाहिरबाट आउँछ । त्यसकारण काठमाडौंमा ठ्याप्पै पार्ने भन्ने अलि गाह्रो हुँदो रहेछ ।’ 

    त्यस्तै भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताइन्।

    आइतवार, भाद्र २१ २०७७०५:५६:३९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार