शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

उपत्यकामा ३५४ सहित थप ९८० जनामा  कोरोना संक्रमण पुष्टि

उपत्यकामा ३५४ सहित थप ९८० जनामा  कोरोना संक्रमण पुष्टि

मेगा खबर संवाददाता

२१, भाद्र २०७७
  • 1.8K
    SHARES

  • उपत्यकामा ३५४ सहित थप  ९८० जनामा  कोरोना संक्रमण पुष्टि

    काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२–३२ जनामा संक्तमण पुष्टि भएको छ ।


    पछिल्लो २४ घण्टामा १० हजार ३८२ जनाको पीसीआर परीक्षण गर्दा देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भई १८ सय १४ जना डिस्चार्ज भएका छन् । आइतबारसम्म कोरोना संक्रमण निको भई डिस्चार्ज हुनेको संख्या २८ हजार ९ सय ४३ जना रहेको छ ।

    आइतबारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २०१ रहेको छ । होम आइसोलेसनमा ७ हजार ८२६ जना रहेका छन् ।

    विगत २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ६८ हजार ३४५ जनाको पिसिआर परीक्षण भएको छ। 

    विगत २४ घण्टामा ९ मृतकमा कोरोना पुष्टि भएको छ। यी सहित हालसम्म कोरोनाबाट २८९ जनाको मृत्यु भएको छ।

    आइतवार, भाद्र २१ २०७७०४:३३:४१

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार