बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

माया लुहारको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

माया लुहारको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

मेगा खबर संवाददाता

१८, मंसिर २०७९
  • 1.2K
    SHARES

  • माया लुहारको हत्या आरोपमा फरार सशस्त्र प्रहरी जवान पक्राउ

    काठमाडाैँ, मंसिर १८

    बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । 

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मोहनकुमार आचार्यका अनुसार कोली  बिहान कञ्चनपुरबाट पक्राउ परे । उनी कुन अवस्थामा पक्राउ परेका हुन् भन्ने विस्तृत विवरण सार्वजनिक भएको छैन ।

    गत बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा मायाको शव शिवनाथ गाउँपालिका वडा नम्बर ६ को जंगलमा फेला परेको थियो ।

    २१ वर्षकी माया गत मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा म्यादी प्रहरीका रूपमा चुनावमा खटिएकी थिइन् । उनी शिवनाथ गाउँपालिका वडा नम्बर ४ को मतदान केन्द्रमा खटिएकी थिइन् ।

    उनको भेट कोलीसँग भएको थियो । पछि उनैले मायाको हत्या गरेको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएको थियो । 

    आइतवार, मंसिर १८ २०७९११:३२:१८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार