काठमाडाैं,मंसिर १७
ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालले देशभरका पत्रकार र परिवारलाई उपचारमा छुट दिने भएको छ ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा बी एण्ड बी हस्पिटलले पत्रकारलाई छुट योजना गरेको छ । छुट योजनाका लागि हिजो पत्रकार महासंघ ललितपुर शाखा र अस्पताल व्यवस्थापनबीच सम्झौता समेत गरिको छ ।सम्झौतामा पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपाने र बी एण्ड बी अस्पतालका कार्यकारी निर्देशक डा. निरजलाल वैद्यले हस्ताक्षर गरेका छन् ।
देशभरका रहेका सबै पत्रकालाई उपचार तथा औषधीमा १५ प्रतिशत छुट दिने सम्झौता अस्पतालले गरेको छ । यसमा ओपीडी परीक्षणदेखि आकस्मिक उपचार, शल्यक्रियासम्म पर्ने कार्यकारी निर्देशक वैद्यले बताए । पत्रकारलाई मात्रै नभएर आश्रित परिवारलाई समेत छुट सुविधा लागू हुने सम्झौतामा उल्लेख छ ।
आश्रित परिवारका रुपमा आमा, बुबा, श्रीमान, श्रीमती र २ जना छोराछोरी गरी ६ जनाको उपचारमा छुट हुनेछ ।भट्टराईका अनुसार केही निश्चित उपचारमा भने यो लागू हुने छैन । पीसीआर परीक्षण,अस्पतालले छुट दिएर सञ्चालन गरिरहेका परीक्षण प्याकेजहरु, परीक्षणका लागि विदेशमा पठाउनु पर्ने भएमा, अप्रेसनका लागि प्रयोग हुने सामग्री आदिमा १५ प्रतिशत छुटको नियम लागू हुँदैन ।
देशभर रहेका पत्रकार महासंघ सबै सदस्यले यो सुविधा पाउने पत्रकार महासंघ ललितपुरका सचिव रामहरि कार्कीले बताए । राज्यको चौथो अंगको उपमा पाएका पत्रकारहरुसँग सहकार्य गर्न पाउँदा खुसी लागेको प्रमुख प्रशासक प्रकाश भट्टराईले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।