काठमाडौं । लिदी पहिरो विस्थापितलाई राहत वितरण गरिएकाे छ । शनिबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले पहिरो विस्थापितको अस्थायी शिविर बाँसखर्कमा आयोजित एक कार्यक्रमकाबीच राहत वितरण गरेका हुन् । होप एयरलाइन्स, होपमिन फ्यामेली, स्वास्थ्य कर्मी, समाजसेवी तथा विभिन्न व्यक्तिहरुको संयोजनमा राहत सामाग्री उपलब्ध गराइएको थियो ।
राहत वितरण कार्यक्रममा सम्बोधन गर्दै मन्त्री दुलालले केन्द्र सरकारदेखि प्रदेश र स्थानिय सरकार लिदी पहिरोबाट विस्थापित भएकाहरुलाई दीर्घकालिन रुपमा बस्ती बसाल्नका लागि निरन्तर लागिरहेको बताए । ‘आज पनि म यहाँ क्षणिक सहयोग मात्र बोकेर यहाँ आएको होइन् ।’ मन्त्री दुलालले भने, ‘लिदी पहिरोबाट जति विस्थापित हुनुभएको छ, उहाँहरुलाई यहाँ बस्न उपयुक्त छ कि छैन ?, भन्ने हेर्न पनि आएका हौं ।’
लिदीबाट बाँसखर्क आउनपर्ने हुनसक्ने बताउँदै मन्त्री दुलाले भने, ‘हाम्रा पुर्खाहरुदेखि बस्दै आएको, खाइ खेलेको ठाउँ छाडेर बाँसखर्क आउन मन छैन् । तर, हाम्रा अरु कति जनाले दिलीमा ज्यान गुमाउने हो भन्ने भएकाले तपाईं हामी सबै मिलेर लिदी पहिरो पीडितलाई नयाँ ठाउँमा बस्ती स्थानान्तरण गरिदिने र भोलि शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधारको व्यवस्थापन कसरि गर्ने भन्नेबारे मेहेनत गरिरहेका छौं ।’
१७२ घरधुरीका लागि प्रति घर चामल २५ केजी, दाल ५ केजी, नुन २ प्याकेट, तेल ४ लिटर, चिनी २ केजी, चिया पत्ती १ प्याकेट वितरण गरिएको छ । पहिरोले ३९ घरमा पूर्णरूपमा क्षति पुर्याएको थियो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।