काठमाडौँ ।प्रहरी प्रधान कार्यालय काठमाडौंको नक्साल नजिकैको पोलमा शनिबार बिहान तार सर्ट भएर आगलागी भएको छ ।
बिहान ११ बजेर ३० मिनेटमा नजिकै रहेको पोलमा राखिएको अव्यवस्थित तार सर्ट भएर आगलागी भएको हो । पोलमा धेरै अव्यवस्थित तार भएपछि आफैंमा सर्ट भएर आगो लागेको प्रहरी अनुमान छ ।
कुनै पनि भौतिक तथा मानवीय क्षति नभएको काठमाडौं प्रहरीले जनाएको छ । आगो प्रहरीको सहयोगमा नियन्त्रण आएको थियो ।
उपत्यकाका अधिकांश पोलमा अव्यवस्थित तार झुण्डिएको देख्न सकिन्छ । तर, सम्बन्धित निकायको मौनताले उपत्यका नै जोखिम रहेको प्रहरीको तर्क छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।