बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

कोरोना भाइरसको खोपको सफल परीक्षण 

कोरोना भाइरसको खोपको सफल परीक्षण 

मेगा खबर संवाददाता

२०, भाद्र २०७७
  • 3.3K
    SHARES

  • कोरोना भाइरसको खोपको सफल परीक्षण 

    काठमाडौं । रुसी वैज्ञानिकहरूले कोरोना भाइरस विरुद्धको खोप परीक्षण गरेका छन् । यसले मानिसमा भाइरस विरुद्ध लड्ने प्रणालीको विकास भएको उनीहरुको दाबी छ ।

    खोप परीक्षणबारे पहिलो प्रतिवेदन प्रकाशित गर्दै उनीहरूले त्यस्तो दाबी गरेका हुन् । मेडिकल जर्नल द लान्सेटमा प्रकाशित प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरस विरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको उल्लेख छ ।

    विज्ञहरूले भने यस खोपको प्रभावकारिता र सुरक्षित भएको प्रमाणित गर्नका लागि थप  परीक्षणहरु गर्नुपर्ने बताएका छन् । तर मस्कोले आलोचकहरूलाई जवाफ दिँदै अहिलेसम्म प्राप्त परिणामको प्रशंसा गरेको छ ।
    केही पश्चिमा विज्ञहरूले भने यसबारेमा आशंका गरेका छन् । अनुसन्धानकर्ताहरूले छिटो हुन रुसले सजिलो बाटो रोजेको हुनसक्ने आरोप  पनि लगाएका छन् । एजेन्सी

    शनिवार, भाद्र २० २०७७१२:२५:०६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार