शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

जाजरकोटः विश्वमा दुर्लभ गिद्धको गणना

जाजरकोटः विश्वमा दुर्लभ गिद्धको गणना

मेगा खबर संवाददाता

२०, भाद्र २०७७
  • 1.9K
    SHARES

  • जाजरकोटः विश्वमा दुर्लभ गिद्धको गणना

    जाजरकोट । प्रकृतिको कुचिकारका रुपमा रहेको विश्वमा दुर्लभ मानिने गिद्धको गणना गरिएको छ । जाजरकोटको नलगाड नगरपालिका, भेरी नगरपालिका, छेडागाड नगरपालिका र बारेकोट गाउँपालिका र कुशे गाउँपालिकामा एक महिना लगाएर गणना गरिएको छ ।

    पन्छी संरक्षण आजीवन सदस्य गोविन्दबहादुर सिंहका अनुसार गिद्धका सँगै गुँडको समेत गणना गरिएको थियो । जिल्लामा विश्वमा दुर्लभ मानिने सुन गिद्ध चार, सेतो गिद्ध छ, हिमाली गिद्ध ७६, हाडफोर गिद्ध आठ र राज गिद्ध दुईवटा फेला परेको छ । 

    यसैगरी सुन गिद्धका एउटा, सेतो गिद्धका तीनवटा, हिमाली गिद्धका ३३ वटा, हाडफोर गिद्धका तीनवटा गुँड भेटिएएको छ भने राज गिद्धको गुँड नभेटिएको सिंहले जानकारी दिए। करीब एक महिना लगाएर गणना गरिएको सिंहले बताए। 

    शनिवार, भाद्र २० २०७७१२:१०:००

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार