बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :
अन्तर्वार्ता

अत्यावश्यक भन्दा बाहेकको काममा ट्राफिक प्रहरी छुट्टि बसेको छैन : रामेश्वर यादव, एसपी

अत्यावश्यक भन्दा बाहेकको काममा ट्राफिक प्रहरी छुट्टि बसेको छैन : रामेश्वर यादव, एसपी

मेगा खबर संवाददाता

२०, भाद्र २०७७
  • 9.0K
    SHARES

  • अत्यावश्यक भन्दा बाहेकको काममा ट्राफिक प्रहरी छुट्टि बसेको छैन : रामेश्वर यादव, एसपी

    काठमाडौं । ट्राफिक प्रहरी महाशाखा, काठमाडौंमा गत सोमबार मात्रै रामेश्वर यादव सरुवा भएका छन् । प्रहरी उपरिक्षक (एसपी) यादव कर्णाली प्रदेशको ट्राफिक व्यवस्थापनमा १ वर्षको कार्यकाल सकेर काठमाडौं सरुवा भएका हुन् ।

    नेपाल तारा विभुषण–२०७५ बाट विभूषणबाट सम्मानित भइसकेका यादवको साहसी र प्रशंसायोग्य कामको अहिलेपनि चर्चा हुने गर्दछ । देशकै सबैभन्दा बढी सवारी चाप भएको काठमाडौंमा उनी सरुवा भएका छन् । उनी यहाँ ट्राफिक महाशाखाको प्रवक्ताको रुपमा कार्यरत भएर आएका हुन् । सँगसगै उनीमा विभिन्न चुनौती समेत थपिएका छन् ।

    आफ्नो कार्यकालमा कर्णाली प्रदेशमा १० वटा ट्राफिक पोष्टदेखि सदरमुकाम सुर्खेतको मुख्य १० वटा क्षेत्रमा पहिलोपटक सिसिटिभि क्यामेरा समेत जडान गरेका थिए । भौगोलिक रुपमा निकै विकट रहेको कर्णालीमा पनि उनले बैंकिङ प्रणालीबाटै राजस्व तिन प्रविधिको विकास गरे । काठमाडौं पछि पहिलोपटक उनले आफ्नो कार्यकालकै बेलामा कर्णालीमा उक्त प्रविधिको विकास गरेर ख्याति कमाइसकेका छन् । 

    देशमा कोरोना भाइरस महामारी बढ्दै गइरहँदा उनी गत १५ भदौ (सोमबार) काठमाडौं सरुवा भएका हुन् । अहिले उनी ट्राफिक प्रहरी महाशाखामा प्रवक्ता समेत रहेका छन् । प्रहरी उपरिक्षक यादवसँग मेगाखबरले विभिन्न समसामयिक विषयमा संक्षिप्त कुराकानी गरेको छ ।

    प्रस्तुत छ अन्तर्वार्ताको सम्पादीत अंशः
    –कोभिड–१९ को महामारी नेपाल लगायत विभिन्न मुलुकहरुमा छ । ट्राफिक प्रहरीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म के–के गरिरहेका छ ?
    सरकारले लागु गरेको निषेधाज्ञाको नियम सर्वसाधरणले पालना गरुन भनेर विभन्न सचेतनामुलक कार्यक्रमहरु गर्दै आएका छौं । हालसम्म् २२ ठाउँम यस्ता कार्यक्रमहरु लिएर ट्राफिक पुगिसकेको छ ।

    –कोरोना भाइरस स्वाब दिएका ट्राफिक प्रहरीहरुलाई ड्युटिमा खटाइएको भन्ने सवालहरु उठिरहेका छन् । खासमा के हो ? भएको यस्तै छ ?
    कुनै पनि प्रहरी अधिकारीहरुलाई संक्रमण देखिएमा आइसोलेनमा राखेका छौं । स्वाब लिइएकाहरुलाई हामीले रिपोर्ट नआउन्जेल ड्युटिमा नजान भनेका छौं । कन्टयाक्ट ट्रोसिङमा रहेकाहरुको रिपोर्ट नेगेटिभ आएपछि मात्र ड्युटिमा खटाएका छौं । 

    –यो अवस्थामा अहिले कर्मचारीहरुलाई कसरी ड्युटिमा खटाइरहनुभएको छ ?
    यो महामारीको समयमा अहिलेसम्म संक्रमित बाहेकका ट्राफिक प्रहरी आवश्यक काम बाहेकमा छुट्टिमा बसेका छैनन् ।  बाहिरबाट सरुवा भएकाहरुलाई भने १५ दिन क्वारेन्टाइनमा राखेर मात्र ड्युटिमा प्रवेश गराएका छौं ।

    –विशेषगरिः उपत्यकामा पासको दुरुपयोग भयो भन्ने सुनिन थालेको छ ? हो ?
    पासको धेरै दुरुपयोग भइरहेको हामीले भेट्टाउन थालेका छौं । अझ, धेरै प्रेस पासको दुरुपयोग भइरहेको हामीले भेटेका छौं । 

    118859822_909686939786805_5778098779282281040_n.jpg

    –पासको सहजिकरण कसरी भइरहेको छ त ?
    पासको व्यवस्था जिल्ला प्रशासनले गर्ने भएतापनि अत्यावश्यक परिस्थितिमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गरेर पनि केही हदसम्म परिस्थिति सहजिकरण गर्ने काम भइरहेको छ ।

    –ट्राफिक कारबाहीमा उठेको राजश्वको विवरणबारे जानकारी दिनुस न ?
    आर्थिक वर्ष ०७६/०७७ सम्म २६,४१,१९,५०० राजश्व उठेको थियो । आर्थिक वर्ष ०७७/०७८ (साउनपछि) ७९,९८,००० राजश्व उठेको छ । 

    –अहिलेसम्म होल्डमा राखिएका, नाका प्रवेश गरेका र नाकाबाटै बाहिरिएकाहरुको विवरण के छ ?
    अहिलेसम्म ७ हजार १ सय १४ वटा दुई पाङ्ग्रे, २७, ९७३ चार पाङ्ग्रे सवारी होल्डमा राखिएको छ । अहिलेसम्म  नाकाबाहिर ३५, ६६५ पास भएका सवारी साधनहरु गएका छन् । त्यस्तै, विना पासका ९ हजार १ सय १२ सवारी साधनहरु नाकाबाट फर्काइएको छ ।

    –लकडाउनपछि नेपालमा कति विमान भित्रिए ?
    लकडाउन सुरु भए प६ि अहिलेसम्म ३ सय ७४ विमान नेपाल भित्रिसकेका छन् ।

    शनिवार, भाद्र २० २०७७११:४४:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार