शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

बुढानिलकण्ठ–११ मा बसोवास गर्ने पत्रकारको काेराेना बिमा वडाले गर्ने

बुढानिलकण्ठ–११ मा बसोवास गर्ने पत्रकारको काेराेना बिमा वडाले गर्ने

मेगा खबर संवाददाता

१९, भाद्र २०७७
  • 1.8K
    SHARES

  • बुढानिलकण्ठ–११ मा बसोवास गर्ने पत्रकारको काेराेना बिमा वडाले गर्ने

    काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको ११ नम्बर वडाले संचारकर्मीहरुको कोरोना बिमा गर्ने भएको छ । महामारीको रुपमा बढ्दै गएको कोरोना भाइरस संक्रमणको अग्रमोर्चामा रहेर जनतालाई सूचना प्रदान गरिरहेका संचारकर्मीहरुको कोरोना बिमा हुने भएको हो । 

    कोरोना प्रकोप नियन्त्रण तथा रोकथाम अभियानको अग्र मोर्चामा रहेर जनतालाई सुचना प्रादन गरिरहेका संचारकर्मीहरुलाई उर्जा प्रदान गर्दै उनीहरुको सत्कर्मको प्रोत्साहन गर्नका लागि सो निर्णय गरिएको वडा कार्यालयले एक सूचना जारी गर्दै बताएको छ । 

    वडा अध्यक्ष राजु अधिकारीले जारी गरेको सूचनामा बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा बसोवास गर्ने संचारकर्मीहरुले वडा कार्यालयमा सम्पर्क राख्न सकिने बताइएको छ । 

    118672737_758888551563494_1358894791174350008_n.jpg

    शुक्रवार, भाद्र १९ २०७७०८:३५:०९

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार