शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

अर्थमन्त्री खतिवडाको राजीनामा

अर्थमन्त्री खतिवडाको राजीनामा

मेगा खबर संवाददाता

१९, भाद्र २०७७
  • 1.4K
    SHARES

  • अर्थमन्त्री खतिवडाको राजीनामा

    काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका अर्थ तथा सञ्चारमन्त्री डा। युवराज खतिवडाले राजीनामा दिएका छन्। शुक्रबार साँझ  प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिएका हुन्।

    राष्ट्रियसभाको रिक्त एक पदमा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय गरेपछि सरकार पुगेको प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए।

    तत्काल मन्‍त्रिपरिषद् पुनर्गठन हुँदैन:  प्रधानमन्‍त्री ओली

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले बिहीबार मात्र राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।  नेकपाको यो निर्णयसँगै खतिवडाको संसद बन्ने बाटो बन्द भएको छ । 

    तत्कालका लागि संसद बन्ने बाटो बन्दै भएसँगै उनको मन्त्री पदसमेत शनिबारबाट स्वतः सकिदै छ। प्रधानमन्त्री केपी ओलीले अहिलेसम्म सरकारमा बसेर काम गरेकोप्रति अर्थमन्त्री खतिवडालाई धन्यवाद दिएका छन्।

    शुक्रवार, भाद्र १९ २०७७०६:२८:५६

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार