शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

अब निजी प्रयोगशालाको कोरोना रिपोर्टले बीमाको भुक्तानी नपाइने

अब निजी प्रयोगशालाको कोरोना रिपोर्टले बीमाको भुक्तानी नपाइने

मेगा खबर संवाददाता

१९, भाद्र २०७७
  • 2.3K
    SHARES

  • अब निजी प्रयोगशालाको कोरोना रिपोर्टले बीमाको भुक्तानी नपाइने

    काठमाडौं ।पछिल्लो समय कोरोनाको संक्रमण बढ्दै जाँदा कोरोना बीमामा सर्वसाधारणको आकर्षण बढिरहेको छ 

    बीमा समितिका अनुसार निर्जीवन बीमा कम्पनीहरुको पुलमार्फत बीमा गर्नेको संख्या ८ लाख ३४ हजार नाघेको छ। सोवापत ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको छ। २ सयभन्दा धेरैले दावी भुक्तानी लिइसकेका छन्।सरकारले अनुदानमा सबै कर्मचारीको कोरोना बीमा गरिरहेको छ, त्यसकारण कोरोना बीमा गर्नेको संख्या अझै बढ्नेछ।

    तर कोरोना बीमा गरेपछि त्यसको दावी भुक्तानीका सम्वन्धमा भने अन्यौलता बढेको छ। बीमा समितिको मापदण्डअनुसार निजी प्रयोगशालामा गरिएको पिसिआर रिपोर्टलाई दावी भुक्तानीका लागि मान्यता दिइँदैन।समितिले हालै बीमा कम्पनीहरुलाई पत्र पठाउँदै स्वास्थ्य मन्त्रालयका निकायबाट पिसिआर परीक्षण गर्दा पोजेटिभ देखिएमा मात्रै दवी भुक्तानी गर्न भनेको छ।

    समितिका सूचना अधिकृत निर्मल अधिकारीले मापदण्डलाई कुनै परिवर्तन गरिएको नभई अहिले स्पष्ट मात्रै पारिएको बताए।

    कोरोना बीमाको दावी भुक्तानी मापदण्डको परिच्छेद ३ को ११ नम्वर बुँदालाई नै अहिले स्पष्ट मात्रै पारिएको हो, मापदण्ड परिवर्तन गरिएको होइन ।सो मापदण्डमा नै स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायको प्रयोगशालाबाट आएको रिपोर्टलाई मान्यता दिइने कुरा उल्लेख रहेको उनले बताए।निजी प्रयोगशालाबाट आउने रिपोर्टलाई मान्यता दिइँदा झुटो विवरण उल्लेख गराएर पोजेटिभ रिपोर्ट बनाउने र त्यसैका आधारमा भुक्तानी दावी हुन सक्ने भएकाले पहिले नै यस्तो व्यवस्था गरिएको बीमा समितिले जनाएको छ।

    तर निजी प्रयोगशालालाई पनि सरकारले नै मान्यता दिएको र सरकारी निगरानीमा नै कोरोना परीक्षण भइरहेकाले अलग अलग व्याख्या गर्न नहुनेमा कतिपयको जोड छ।मापण्दण्डअनुसार सरकारी निकायका पिसिआर प्रयोगशालाको पोजेटिभ रिपोर्टका आधारमा मात्रै दावी भुक्तानी गर्न पाइन्छ। 

     

    शुक्रवार, भाद्र १९ २०७७०३:४१:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार